Sagun Khabar
बैतडीमा एक युवती मृत फेला
Atrya hospital

बैतडी– बैतडीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको मेलौली नगरपालिका–७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट हिजो (आइतबार) मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भट्ट आफ्नै घर नजिकैको मकैबारीमा रहेको तिमलाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

मृतक भट्ट मणिलेक माविमा ब्याचुलर तेस्रो वर्षमा अध्ययनरत थिइन् । शवको हिजै पोष्टमाटम गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update