Sagun Khabar
कैलालीको धनगढीमा अस्पतालको नाममा चर्च निर्माण गरिएपछि...


धनगढी– कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहरामा छालाको अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएको हो।जग्गा धनी प्रभाकर भण्डारीबाट १५ वर्षका लागि जमिन लिजमा लिएर चर्च निर्माण गरिएको छ। लेट मेइन धनगढी प्रालि नामक संस्था नै खडा गरेर साढे चार कट्ठा जग्गा लिजमा लिइएको छ। तर सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले अहिले चर्च चलाएको छ। चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिक समेत संलग्न रहेको पाइएको छ। अस्पतालको नाममा मण्डली भवन निर्माणको काम करिब ९ महिनामा सिध्याएर असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले धनगढी मण्डली सञ्चालनमा ल्याइएको छ। छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले थाहा पाएका हुन।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update