Sagun Khabar
अत्तरियामा जताजतै जुवाखाल, १९ जना प्रहरी नियन्त्रणमा
Atrya hospital

कैलालीको अत्तरियामा जताजतै जुवाखाल चल्ने गरेको पाइएको छ। अत्तरियामा सञ्चालित केही होटल र संघसंस्थाका कार्यालयमा समेत जुवा खेल्न जुवाडे समुह जम्मा हुने गरेको पाइएको हो।२०८१ बैशाख मा मात्र अत्तरियामा ५ जुवाडे पक्राउ परेका थिए। एक लाख ५५ हजार २ सय नगदसहित ५ जुवाडे पक्राउ परेका थिए। अत्तरियामा रहेको रेडसन प्लाजाको दोस्रो तलाको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख ५५ हजार २ सय नगदसहित ५ जनालाई पक्राउ गरेको थियो। २०८० असोजमा इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–४ बास्कोटाबाट ५ जुवाडेलाई पक्राउ गरेको थियो।लोकबहादुर खड्काको पसलमा जुवा खेलिरहेको अवस्थामा ३ गड्डी तास र नगद २० हजार ५७० रुपैयाँसहित ५ जना पक्राउ परेका थिए। ५५ वर्षीय मनिराज महता, ५२ वर्षीय अर्जुन खत्री, ४२ वर्षीय रामबहादुर बोहरा जुवाखालबाटै पक्राउ परेका थिए। त्यस्तै ३७ वर्षीय तेजबहादुर खड्का र गोदावरी नगरपालिका–१ का ४० वर्षीय लोकेन्द्र नाथ समेत जुवाखालबाटै समातिएका थिए।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update