Sagun Khabar
बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते
Atrya hospital

बैतडी – बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका–३ गौडालीकी ५२ वर्षीया जानकी अवस्थी घाइते भएकी हुन् । 

शनीबार दिउँसो उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला पहिरो खसेर टाउकोमा ढुङ्गा लागेर घाइते भएकी हुन । गम्भीर घाइते भएकी अवस्थीको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update