Sagun Khabar
राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक जिल्ला भेला सम्पन्न
Atrya hospital

बैतडी – बैतडीको पाटनमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक जिल्ला भेला सम्पन्न भएको छ । पाटनको उदयदेव मन्दिर परिषरमा जिल्ला संयोजक भीम नाथको अध्यक्षतामा शनिबार बैतडी जिल्लाका १० वटै पालिकाका सभापति, पार्टीका प्रतिनिधि लागयतका ब्यात्तीत्वहरुको उपस्थीतीमा भेला सम्पन्न भएको पाटन नगर सभापती हेमन्त ऐरले बताए ।

बैतडीका ८४ वटै वडामा संगठन विस्तार एवंम विधमान चुनौती तथा आगमी रणनीति र पार्टीको वर्तमान परिस्थितिका विषयमा छलफल गरेर कार्यक्रम सम्पन्न गरेको उनले बताए । पार्टीका केन्द्रिय मन्थन् विभाग सदस्य भोजराज जोशी लगायल अन्य नेताहरु समेत कार्यक्रमा सहभागी भएका सभापती हेमन्त ऐरले बताए ।
 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update