Sagun Khabar
बैतडीका स्थानीय तहबाट खर्च हुन नसकेर २५ करोड बढी रकम फिर्ता 

बैतडी–बैतडीका १० ओटै स्थानीय तहबाट गत आर्थिक बर्ष २०८०÷८१ मा खर्च हुन  नसकेर २५ करोड बढी रकम फिर्ता भएको छ । स्थानीय तहमा सशर्त, समपुरक र बिशेष अनुदान अन्तर्गत प्राप्त भएको रकम मध्ये गत आर्थिक बर्षमा २५ करोड २१ लाख ९४ हजार ३६९ रुपैयाँ खर्च नभएर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ । जिल्लाका १० ओटै स्थानीय तहमा २ अर्ब ८३ करोड ५३ लाख ५७ हजार ६४८ रुपैयाँ बजेट आएकोमा २ अर्ब ५८ करोड ३१ लाख ६३ हजार २७८ रुपैयाँ खर्च भएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकामा गत आर्थिक बर्षमा ४० करोड २४ लाख १८ हजार ९६० रुपैयाँ बजेट प्राप्त भएकोमा ३७ करोड २४ लाख ९४ हजार २३४ रुपैयाँ खर्च भएको छ । दशरथचन्द नगरपालिकाबाट २ करोड ९९ लाख २४ हजार ७२५ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ । यस्तै पाटन नगरपालिकामा ३८ करोड ६६ लाख ८२ हजार २३४ रुपैयाँ प्राप्त भएकोमा ३३ करोड ८८ लाख ९९ हजार १२३ रुपैयाँ खर्च भएको छ भने ४ करोड ७७ लाख ८३ हजार ११० रुपैयाँ फिर्ता भएको छ । 

Atrya hospital

जिल्लाको पुर्चौंडी नगरपालिकाबाट ९० लाख १५ हजार ५२६ रुपैयाँ फिर्ता भएको छ । पुर्चौंडी नगरपालिकामा ३८ करोड २९ लाख ३३ हजार ९३० रुपैयाँ बजेट आएकोमा गत आर्थिक बर्षमा ३७ करोड ३९ लाख १८ हजार ४०३ रुपैयाँ खर्च भएको छ । यस्तै मेलौली नगरपालिकाबाट २ करोड ७२ लाख ७० हजार ६४० रुपैयाँ फिर्ता भएको छ । २७ करोड १२ लाख २५ हजार २६ रुपैयाँ अनुदान प्राप्त भएकोमा २४ करोड ३९ लाख ५४ हजार ३८५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए । 

यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकाबाट गत आर्थिक बर्षमा ६८ लाख ७२ हजार २८२ रुपैयाँ फिर्ता भएको छ । २४ करोड ५५ लाख ९९ हजार १४३ रुपैयाँ बजेटमध्ये २३ करोड ८७ लाख २६ हजार ८६० रुपैयाँ खर्च भएको छ । यस्तै दोगडाकेदार गाउँपालिकामा ३० करोड २० लाख ८१ हजार २९३ रुपैयाँमध्ये २६ करोड ६५ लाख ८१ हजार ५३४ रुपैयाँ खर्च भएको छ । बाँकी ३ करोड ५४ लाख ९९ हजार ७५८ रुपैयाँ खर्च नभएर फिर्ता भएको छ । 

जिल्लाको पञ्चेश्वर गाउँपालिकाबाट गत आर्थिक बर्षमा १ करोड ९८ लाख ५० हजार ३६० रुपैयाँ खर्च नभएर फिर्ता भएको छ । २० करोड २४ लाख ८८ हजार ९५ रुपैयाँ बजेटमध्ये १८ करोड २६ लाख ३७ हजार ७३४ रुपैयाँ खर्च भएको जनाइएको छ । यसैगरी शिवनाथ गाउँपालिकाबाट गत आर्थिक बर्षमा ३ करोड २९ लाख ३४ हजार ७५६ रुपैयाँ फिर्ता भएको छ । शिवनाथमा १८ करोड ६२ लाख ३४ हजार ३५१ रुपैयाँ बजेटमध्ये १५ करोड ३३ लाख ९४ रुपैयाँ बजेट खर्च भएको छ । 

यस्तै जिल्लाको सिगास गाउँपालिकामा २१ करोड ६४ लाख ८३ हजार ५ सय रुपैयाँ बजेटमध्ये २० करोड ९ लाख ७७ हजार ३१ रुपैयाँ खर्च भएको छ । सिगासबाट खर्च हुन नसकेर १ करोड ५५ लाख ६ हजार ४६९ रुपैयाँ फिर्ता भएको छ । यस्तै जिल्लाको सुर्नया गाउँपालिकाबाट गत आर्थिक बर्षमा २ करोड ७५ लाख ३६ हजार ७३९ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ । सुर्नयामा २३ करोड ९२ लाख १० हजार ६१६ रुपैयाँमध्ये २१ करोड १६ लाख ७३ हजार ८७६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update