Sagun Khabar
बैतडीको मेलौलीमा आँखा उपचार केन्द्र सञ्चालन 

बैतडी–बैतडीको मेलौलीमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । मेलौली नगरपालिका,नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल र सेभा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । 

आँखासम्बन्धी आधारभूत उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए । 

Atrya hospital

नगर क्षेत्रभित्रै आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि नगरबासीहरुलाई सहज हुने अपेक्षा गरिएको नगर प्रमुख भीमबहादुर चन्दले बताए । आँखा उपचार केन्द्रको उद्दघाटन गर्दै उनले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन नगरपालिकाले पहल गरिरहेको बताए । 

आँखा उपचार केन्द्रमा एकजना नेत्र सहायकले सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहनसिंह भाटले बताए । 

शुक्रबार आँखा उपचार केन्द्र उद्दघाटन कार्यक्रममा नगरप्रमुख चन्दका साथै उपप्रमुख पार्वती बोहरा बिष्ट, नेपाल नेत्रज्योती संघका केन्द्रीय सदस्य विष्णुदत्त जोशी, मेलौली नगरपालिकाका निवर्तमान नगर प्रमुख कृष्णसिंह नायक, जिल्ला समन्वय समिति बैतडीका निवर्तमान प्रमुख सिद्धराज भट्ट, मेलौली नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update