Sagun Khabar
बैतडीमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या शुन्य

बैतडी –बैतडीमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या शुन्य भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा २५५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

अहिले जिल्लामा ३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १७ जना, पाटन नगरपालिकामा ४ जना, सिगास गाउँपालिकामा ३ जना र दोगडाकेदार गाउँपालिकामा ३ जना रहेका छन् । 

Atrya hospital

यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेको बताइएको छ । 

बैतडीका तीन स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका हुन् ।  

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update