Sagun Khabar
बैतडीमा संघ र प्रदेशका कार्यालयको कति बजेट फिर्ता भयो ?

बैतडी–गत आर्थिक बर्षमा संघ र प्रदेश सरकार मातहतका कार्यालयबाट ८७ करोड बढी रकम फिर्ता भएको छ । जिल्लाका विभिन्न सरकारी कार्यालयहरुबाट खर्च हुन नसकेर गत आर्थिक बर्ष २०८०÷८१ मा ८७ करोड ११ लाख ५ हजार ४४८ रुपैयाँ फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ । 

बैतडीमा संघीय सरकार मातहतका कार्यालयमा गत आर्थिक बर्षमा चालु तर्फ ५ अर्ब ९५ करोड ६७ लाख ७७ हजार ७८८ रुपैयाँ बजेट आएको थियो । उक्त बजेटमध्ये ५ अर्ब ६३ करोड ८९ लाख ४९ हजार ३२४ रुपैयाँ खर्च भएको छ । यस्तै पूँजीगततर्फ ७१ करोड ३९ लाख ६२ हजार ६ सय ५ रुपैयाँ बजेट आएको र यो मध्ये ६० करोड ७२ लाख २ हजार १ सय १६ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए । 

Atrya hospital

गत आर्थिक बर्षमा बैतडीमा संघीय कार्यालयहरुमा कुल बजेट ६ अर्ब ६७ करोड ७० लाख ४० हजार ३सय ९३ रुपैयाँ प्राप्त भएकोमा ६ अर्ब २४ करोड ६१ लाख ५१ हजार ४४१ रुपैयाँ खर्च भएको छ । यसरी गत आर्थिक बर्षमा संघीय कार्यालयहरुबाट खर्च हुन नसकेर ४२ करोड ४५ लाख ८८ हजार ९५१ रुपैयाँ फिर्ता भएको लेखापाल भट्टले बताए । 

यस्तै प्रदेशका कार्यालयहरुमा चालुतर्फ ७२ करोड ८८ लाख ४१ हजार ७४३ रुपैयाँ बजेट प्राप्त भएकोमा ६१ करोड २२ हजार ६६१ रुपैयाँ खर्च भएको छ । यस्तै पूँजीगततर्फ १ अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकोमा १ अर्ब ४९ करोड ४४ लाख ४७ हजार ५८३ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

प्रदेशका कार्यालयहरुमा गत आर्थिक बर्षमा २ अर्ब ५५ करोड ९ लाख ८६ हजार ७४३ रुपैयाँ बजेट आएकोमा २ अर्ब १ करोड ४४ लाख ७० हजार २४५ रुपैयाँ खर्च भएको छ । प्रदेशका कार्यालयहरुबाट ४४ करोड ६५ लाख १६ हजार ४९७ रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update