Sagun Khabar
शिवनाथले गर्यो लक्ष्यभन्दा बढी राजस्व संकलन 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गाउँपालिकाले गत आर्थिक बर्षमा ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४३ लाख ६२ हजार ९८४ रुपैयाँ संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए । 

गाउँपालिका विभिन्न शीर्षकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । सबै नागरिक, कर्मचारी र जनप्रतिनिधिहरुको इमान्दार प्रतिबद्धताका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको अध्यक्ष साउँदले बताए । 

Atrya hospital

गाउँपालिकाले गत आर्थिक बर्षमा सबैभन्दा बढी सरकारी सम्पतीको बहालबाट आय शीर्षकमा राजस्व संकलन गरेको छ । यो शीर्षकमा ९ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै सिफारिश दस्तुर शीर्षकमा ७ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ, बहालकर शीर्षकमा ४ लाख २३ हजार २ सय ३७ रुपैयाँ, मालपोत करबाट ३ लाख १० हजार ४ सय ३रुपैयाँ, अन्य क्षेत्रको आय शीर्षकमा ३ लाख ८८ हजार ३ सय ६३ रुपैया, अन्य राजस्व शीर्षकमा ३ लाख ५ हजार ६४ रुपैयाँ संकलन भएको गाउँपालिकाले जनाएको छ । 

यस्तै गत आर्थिक बर्षमा गाउँपालिकाले कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबार शीर्षकमा १ लाख ३१ हजार २२८ रुपैयाँ, व्यक्तिगत घटना दर्ता शीर्षकमा २ लाख ५ सय रुपैयाँ, अन्य दस्तुर शीर्षकमा १ लाख ३६ हजार ९८० रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुर शीर्षकमा १ लाख १७ हजार २ सय ९० रुपैयाँ, न्यायिक दण्ड जरीवाना शीर्षकमा १ लाख रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क शीर्षकमा १ लाख ७१ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

यस्तै गाउँपालिकाले अन्य कर शीर्षकमा ८८ हजार १७ रुपैयाँ, नाता प्रमाणित दस्तुर शीर्षकमा ५१ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको छ । 

गाउँपालिकाले गत आर्थिक बर्षमा १ लाख २२ हजार ७२० रुपैयाँ बेरुजु असुल समेत गरेको जनाएको छ । गाउँपालिकाले अहिलेसम्मकै बढी राजस्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत महताले जानकारी दिए । गाउँपालिका स्थापना भएयताकै बढी राजस्व संकलन गत आर्थिक बर्षमा भएको उनले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update