Sagun Khabar
बैतडीका चन्द एनआरएनए अष्ट्रेलियाको स्टेट सदस्य पदमा निर्वाचित 

बैतडी –गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको राज्य समन्वय परिषद कार्यसमिति सदस्यमा बैतडीको सुर्नया गाउँपालिकाका पुजेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । सुर्नया गाउँपालिका वडा नं ४ बङसल्लाका चन्द शनिबार सम्पन्न भएको निर्वाचनमा साउथ अष्ट्रेलिया राज्य समन्वय परिषद कार्यसमिति सदस्य पदमा निर्वाचित भएका हुन् ।  

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अष्टे«लियाको सम्पन्न निर्वाचनमा चन्दले ८८६ मत ल्याएर विजयी भएका हुन् । अनलाइन प्रणाली मार्फत मतदान सम्पन्न भएको थियो । 

Atrya hospital

समन्वय परिषद सदस्यमा निर्वाचित भएपछि चन्दले अष्ट्रेलियमा रहेका गैर आवासीय नेपालीहरुको हकहितका लागि काम गर्ने बताए । 

संस्थाको कार्यसमिति सदस्यमा निर्वाचित भएपछि उनले संस्थाको लक्ष्य अनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । चन्दले सबै मतदाताहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  ०६:३४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update