Sagun Khabar
नेविसंघ बैतडीले गर्यो कार्यसमिति विस्तार, तोकिए पालिका संयोजक 

बैतडी–नेपाल विद्यार्थी संघ बैतडीले जिल्ला कार्यसमिति विस्तार गरेको छ । नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्रबहादुर ढुंगालले जिल्ला कार्यसमितिमा पदाधिकारी र सदस्यहरु मनोनयन गर्दै १ सय १३ सदस्यीय कार्यसमिति बनाएका छन् । 

जिल्ला कार्यसमितिको उपाध्यक्षमा तीन जनालाई मनोनयन गरिएको छ । अमरबहादुर टेर, दिपेन्द्रसिंह बोहरा र भुवन भट्टलाई उपाध्यक्षमा मनोनयन गरिएको अध्यक्ष ढुंगालले बताए । यस्तै धनी भट्ट र धनबहादुर चन्दलाई सचिवमा मनोनयन गरिएको छ भने अम्बिका जोशीलाई कोषाध्यक्षमा मनोनयन गरिएको छ । 

Atrya hospital

यस्तै रोशन भट्ट, कविता चन्द, नवीन बिष्ट, धनेश्वरी भट्ट,राहुल बिष्ट, पुनम भट्ट, र प्रकाश बिष्टलाई सहसचिवमा मनोनयन गरिएको अध्यक्ष ढुंगालले बताए । नेविसंघको विधान अनुसार र केन्द्रले तोकेको जिम्मेवारी अनुसार सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरेर सदस्य मनोनयन गरिएको उनले बताए । 

यस्तै नेविसंघले १० ओटै पालिकाहरुमा संयोजक पनि तोकेको छ । दशरथचन्द नगरपालिकामा कमलेश भण्डारी (कविन्द्र), पुर्चौंडी नगरपालिकामा लोकेन्द्र साउँद, पाटन नगरपालिकामा हरिश बिष्ट र मेलौली नगरपालिकामा विजय पोखरेललाई संयोजकको जिम्मेवारी तोकिएको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकामा उमेश भट्ट, पञ्चेश्वर गाउँपालिकामा राजु मंगोला, सिगास गाउँपालिकामा मिलनकुमार बोहरा, डिलाशैनी गाउँपालिकामा राजेन्द्रबहादुर धामी, सुर्नया गाउँपालिकामा जयन्तप्रसाद भट्ट र शिवनाथ गाउँपालिकामा प्रतिभा साउँदलाई संयोजकको जिम्मेवारी तोकेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update