Sagun Khabar
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु 

बैतडी- बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं.८ कि ४० बर्षिय जयन्ती मडैको मृत्यु भएको हो । 

सोमबार बिहान करिब ९ बजे तिर स्थानिय रिसेडि भिरबाट खसेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

Atrya hospital

बिहान घास काट्न गएकि जयन्तीको रिसेडि भिरबाट घासको भारी बाद्ने क्रममा लडेर मृत्यु भएको प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

भिरबाट करिब ५५–६० मिटर तल तिमिले खोलामा खसेको र पाटन बाट प्रहरी घटना स्थलमा पुगेकोले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update