Sagun Khabar
सुदूरपश्चिममा शनिबार ५४ जना संक्रमणमुक्त, ४८ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये ५४ जना आज निको भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै शनिबार सुदूरपश्चिममा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । ७१९ जनाको नमूना परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update