Sagun Khabar
एसईई ग्रेडवृद्धि परीक्षाका लागि दार्चुलामा ५ ओटा केन्द्र निर्धारण 

दार्चुला –एसईई ग्रेडवृद्धि परीक्षाका लागि दार्चुलामा ५ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् । 

जिल्ला सदमुकाममा रहेको महेन्द्र नमुना मावि खलंगामा क र ख गरि २ वटा, गोकुलेश्वर मावि गोकुले, मालिकार्जुन नमुना धाप र लटिनाथ मावि चन्दनपुर चौपाता गरि ५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिए ।

Atrya hospital

सबै बिषयमा पूरक परीक्षा दिन पाइने व्यवस्था भएपछि विद्यार्थी संख्याको आधारमा परीक्षा केन्द्र तोकिएको पन्तले जानकारी दिए । 

दार्चुलाबाट २ हजार ६१ जना परीक्षार्थी एसईई पूरक परीक्षामा सहभागी हुने बताइएको छ । परीक्षा आगामी साउन २३ गतेदेखि ३१ गते सम्म सञ्चालन हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update