Sagun Khabar
भारतले धौलीगंगा बाँधको ढोका भोलि खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

बैतडी–भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका भोलि खोल्ने भएको छ । 

सिल्ट सरसफाइका लागि बाँधको ढोका आज खोल्ने भनिएपनि भारतले तालिका परिवर्तन गर्दै भोलि असार ३० गते बाँधको ढोका खोल्ने जानकारी दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । भोलि (आइतबार) बिहान ६ बजेदेखि पर्सी असार ३१ गते सम्म बाँधको ढोका खोलिने जानकारी आएको उनले बताए । 

Atrya hospital

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले असार ३० गते बिहान ६ बजेदेखि ३१ गतेसम्म धौलिगंगाको बाँध खोल्ने सूचना जारी गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । 

बाँधको ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन दार्चुला र बैतडीका स्थानीय प्रशासनले आग्रह गरेका छन् । 

बाँधको ढोका खोल्दा महाकाली नदीमा जलस्तर बढ्ने भएकाले दार्चुला, बैतडी र डडेल्धुराका महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

भारतले बर्षातको समयमा सफाइ गर्ने भन्दै बेलाबेला बाँधको ढोका खोल्दै आएको छ । यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो । 
परियोजनाको सिल्ट सरसफाइका लागि धौलीगंगा पावर स्टेशनले यो बर्ष दोश्रो पटक बाँधको ढोका खोल्न लागेको हो ।  

Dhauli-ganga-1720840352.jpg

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update