Sagun Khabar
दार्चुला घटनाका दोषीलाई कारवाही हुनुपर्छ : नेपाल नागरिक अभियान 

बैतडी –दार्चुलामा भारतीय एसएसबीले शुक्रबार तुइन काटेर एकजना नेपालीको हत्या गरेको भन्दै नेपाल नागरिक अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानले एक विज्ञप्ती जारी गर्दै यस्तो अमानवीय कृयाकलाप कहिले सम्म सहेर बस्नुपर्ने हो भन्दै सरकारको ध्यानाकर्षण समेत गराएको छ । 

अभियानका राष्ट्रिय संयोजक डा. ठाकुरमोहन श्रेष्ठ र महासचिव डा. हरिहर प्रदीप घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भारतीय एसएसबीले अन्तराष्ट्रिय कानुनको ठाडो उल्लंघन गरेकाले उच्च स्तरीय कुटनीतिक पहल गरि दोषीमाथि कारवाही गर्न माग गरिएको छ । 

Atrya hospital

यस्तै सीमा क्षेत्रमा बसोबास गर्ने दुवै देशका नागरिकमा आपसी सद्भाव कायम राख्ने वातारण सिर्जना गर्न पनि अभियानले आग्रह गरेको छ । 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update