Sagun Khabar
अनेरास्ववियु बैतडीको अध्यक्षमा योगी 
Atrya hospital

बैतडी–अनेरास्ववियु बैतडीको अध्यक्षमा दिव्यबीर योगी चयन भएका छन् । शुक्रबार जिल्ला सदरमुकाममा सम्पन्न भएको अनेरास्ववियुको १३ औं जिल्ला अधिवेशनले योगीको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो । 

उक्त कमिटिको उपाध्यक्षमा शम्भु गिरी र मोहित पाण्डेय, सचिवमा सञ्जय भण्डारी, सहसचिवमा अहिल्या ठकुराठी, सन्तोष जोशी, केशव धामी र नारायण अवस्थी, कोषाध्यक्षमा विष्णु अवस्थीसहित अन्य सदस्यहरु सर्वसम्मत रुपमा चयन भएका छन् । 

अनेरास्ववियुको नवनिर्वाचित जिल्ला कमिटिले आजै शपथ ग्रहण गरेको जिल्ला सचिव सञ्जय भण्डारीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update