Sagun Khabar
धौलीगंगा बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

बैतडी–भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रो पटक पुनः खोलिने भएको छ ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले भोलि असार २९ गते बिहान ६ बजेदेखि ३० गतेसम्म धौलिगंगाको बाँध खोल्ने सूचना यसअघि नै दिइसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

Atrya hospital

भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्नका लागि बाँध खोल्ने बिषयमा नेपाली प्रशासनलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाब बढ्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्कता अपाउन दार्चुला र बैतडीका स्थानीय प्रशासनले आग्रह गरेका छन् । 

भारतले बर्षातको समयमा सफाइ गर्ने भन्दै बेलाबेला बाँधका ढोका खोल्दै आएको छ । यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो । 

परियोजनाको सिल्ट सरसफाइका लागि धौलीगंगा पावर स्टेशनले यो बर्ष दोश्रो पटक बाँध खोल्न लागेको हो ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update