Sagun Khabar
बैतडीमा एसईई पूरक परीक्षाका लागि ९ ओटा केन्द्र निर्धारण 

बैतडी–आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने एसईई पूरक परीक्षाका लागि बैतडीमा ९ ओटा केन्द्र निर्धारण गरिएका छन् । जिल्ला परीक्षा समन्वय समितिले एसईई पूरक परीक्षाका लागि ९ ओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताए । 

विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन, मणिलेक मावि काँडा मेलौली, सनातन धर्म मावि श्रीकोट र अर्जुन मावि गाँजरीमा केन्द्र निर्धारण गरिएको छ । 

यस्तै नागार्जुन मावि शर्माली, कुलाउ मावि कुलाउ,सेटीगाउँ मावि ककरपाखा र डिलेश्वरी मावि हाट पुर्चौंडीमा पनि केन्द्र निर्धारण गरिएको सूचना अधिकारी शर्माले बताए । 

Atrya hospital

एसईई पूरक परीक्षमा बैतडीबाट ३ हजार ३५३ जना परीक्षार्थी सहभागी हुँदैछन् । यो बर्ष जति पनि बिषयमा ननग्रेड ल्याएका विद्यार्थीहरुले पूरक परीक्षामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । 

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा बैतडीबाट ४ हजार ८९४ परीक्षार्थी सहभागी भएकोमा १ हजार ५४१ जनामात्रै उत्तीर्ण भएका थिए ।

1-1720784270.jpg
 

2-1720784254.jpg
 

3-1720784234.jpg
 

4-1720784215.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update