Sagun Khabar
दशरथचन्द स्वास्थ्यचौकीमा सुत्केरी हुने आमालाई वडाको थप प्रोत्साहन

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका वडा नं ५ स्थित दशरथचन्द स्वास्थ्यचौकीमा बच्चा जन्माउने आमालाई वडा कार्यालयले थप प्रोत्साहन दिएको छ । 

वडा कार्यालयले चालु आर्थिक बर्षको वडाको बजेटमै थप प्रोत्साहन भत्ता व्यवस्था गरेको वडा अध्यक्ष केशवराज लेखकले जानकारी दिए । चालु आर्थिक बर्षमा स्वास्थ्यचौकीमा आएर बच्चा जन्माएका ५ जना आमाहरुलाई २ हजार ६ सयका दरले थप प्रोत्साहन भत्ता उपलब्ध गराएको उनले बताए । 

Atrya hospital

नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमालाई यातायात बाफत २ हजार र चार पटक गर्भजाँच गरेबाफत ८ सय रुपैयाँ प्रोत्साहन भत्ता दिँदै आएको छ । सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत संघीय सरकारले उक्त रकम प्रदान गर्दै आएको छ । 

वडा कार्यालयले दशरथचन्द स्वास्थ्यचौकीमा बच्चा जन्माउने आमालाई थप प्रोत्साहन भत्ता दिँदै आएको वडा सदस्य नन्दा भट्टले बताइन् । घरमा हुने सुत्केरी शून्य बनाउन र सबैको स्वास्थ्य संस्थामा पहुँच बढाउन थप प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उनले बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update