Sagun Khabar
बैतडीका मुख्य बजारमा कोरोना परीक्षण गरिँदै 
फोटो : बैतडीको सतबाँझमा एन्टीजेन परीक्षण गरिँदै, तस्बिर: सुरेश महरा

बैतडी – कोरोना संक्रमणको अवस्था पत्ता लगाउन बैतडीका मुख्य बजारहरुमा कोरोना परीक्षण शुरु गरिएको छ । निषेधाज्ञा खुकुलो पारिएसंगै संक्रमणको अवस्था के छ भनेर बजारमा भएका नागरिक, व्यापारी सबैको एन्टीजेन विधिबाट कोरोना परीक्षण थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । 

मुख्य बजारमा भेटिएका सबै नागरिक, व्यापारी र अन्य सेवाग्राहीको कोरोना परीक्षण भईरहेको उनले बताए । उनले भने ‘पछिल्लो समयमा कोरोना संक्रमणको अवस्था के छ भनेर पत्ता लगाउन हामीले घुम्ती शिविर मार्फत कोरोना परीक्षण गरिरहेका छौं । यसले कोरोना संक्रमणको अवस्था पत्ता लगाउन सजिलो हुन्छ ।’

Atrya hospital

गोठलापानी बजार र सतबाँझमा घुम्ती कोरोना परीक्षण गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले बताए । गोठलापानी बजारमा २४० जनाको कोरोना परीक्षण गर्दा कुनैमा पनि संक्रमण भेटिएको छैन् भने सतबाँझमा २४७ जनाको कोरोना परीक्षण गर्दा दार्चुलाका एकजनामा कोरोना पुष्टि भएको छ । 

कोरोना परीक्षणको दायरा बढाएर कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि प्रयास भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । घुम्ती शिविर मार्फत कोरोना परीक्षणको दायरा बढाईएको उनले बताए । उनले भने ‘अब कार्यालयका कर्मचारीहरुको पनि कोरोना परीक्षणको तयारी गरेका छौं ।’

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update