Sagun Khabar
दशरथचन्द नगरपालिकामा सुत्केरीलाई ‘उपमेयरको कोसेली’

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाभित्र सुत्केरी आमाहरुलाई कोसेली वितरण गरिएको छ । घरमा हुने सुत्केरीलाई शून्य बनाउने, आमा र बच्चाको स्वास्थ्य पोषणमा सुधार ल्याउने, आमा र बच्चाको स्वास्थ्यका बिषयमा घरपरिवारका सदस्यहरुलाई जागरुक गराउने उद्देश्यसहित ‘उपमेयरको कोसेली’वितरण गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताए । 

आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुत्केरी आमाहरुलाई कोसेली प्रदान गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन् ‘अझै पनि हाम्रो समुदायमा विभिन्न कारणले सुत्केरी आमाहरुलाई पोषिलो खानेकुरा दिने चलन कम छ । नगरपालिकाले वितरण गरेको कोसेलीबाट घरपरिवारका सदस्यहरु पनि जागरुक हुन् भनेर हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं ।’

Atrya hospital

नगरपालिकाभरी ४ सय बढी सुत्केरी आमाहरुलाई यो बर्ष ‘उपमेयरको कोसेली’वितरण भइरहेको छ । सुत्केरी आमाहरुलाई कोसेली वितरणका लागि नगरभित्रका १३ ओटा स्वास्थ्य संस्थाहरुमा कोसेली पुर्याइएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए । 

‘उपमेयरको कोसेली’भित्र हरलिक्स, काजु, बदाम, दाल र नुन लगायतका खाद्य सामग्रीका साथै सरसफाइका सामग्री राखिएको छ । सुत्केरी भएको समयमा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले यो बिषयमा जानकारी दिन कोसेलीले महत्वपूर्ण योगदान पुर्याउने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update