Sagun Khabar
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य छैन् : बैतडी प्रशासन 

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा राष्ट्रिय परिचय पत्र बनाउनेहरुको दिनानुदिन घुइँचो बढ्दै गएको छ । सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य भनेपछि सेवाग्राहीको घुइँचो बढेको हो । 

सरकारले २८ ओटा जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि आगामी श्रावण १ देखि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य लागु गरेको छ । ती २८ जिल्लाभित्र बैतडी नपर्ने भएकाले सामाजिक सुरक्षा भत्ताका लागि तत्कालै राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य नभएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

Atrya hospital

बर्षातको समयमा जेष्ठ नागरिकहरु समेत सकिनसकी जिल्ला प्रशासन कार्यालयमा पुगिरहेका बताउँदै राष्ट्रिय परिचय पत्र सामाजिक सुरक्षा भत्ताका लागि तत्काल आवश्यक नरहेको उनको भनाइ छ । उनले भने ‘सरकारले २८ ओटा जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ । २८ जिल्लाभित्र हाम्रो जिल्ला पर्दैन् । त्यसैले दुःख गरेर अहिले नै परिचय पत्र बनाउन आवश्यक छैन् ।’

सरकारले बैतडीमा सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचय पत्रको व्यवस्था गरेमा वडामै टोली खटाएर विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले भने ‘अहिले जेष्ठ नागरिकहरु धेरै दुःख गरेर प्रशासनमा आइरहनु भएको छ । तत्काल सामाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र अनिवार्य छैन् ।’

अहिले गाउँघरतिर सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र बनाउनु पर्छ भन्ने हल्ला फैलिएको छ । कतिपय स्थानीय तहहरुले समेत सूचना प्रकाशन गरेर सामाजिक सुरक्षाभत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य बनाउन भनेका छन् । 

राष्ट्रिय परिचय पत्र अनिवार्य भन्ने हल्लाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु आत्तिएर महंगो भाडाका साथै गाडी नै बुक गरेर समेत राष्ट्रिय परिचयपत्र वनाउनको लागि जिल्ला प्रशासन कार्यालय बैतडी पुग्ने गरेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update