सुनको भाउ तोलामा आठ सय रुपैयाँले बढ्यो,एक लाख ४४ हजार नौ सय रुपैयाँमा कारोबार
                        
                        
                                                
                                            
                                                                    
सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर एक लाख ४४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन भाउ तोलाको एक लाख ४४ हजार एक सय रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको भाउ १५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:२६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
