Sagun Khabar
बैतडीमा शनिबार थप ६ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा शनिबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका ५ जना र दार्चुलाका एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले ३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १७ जना, पाटन नगरपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा ३ जना र सिगास गाउँपालिकामा तीन जना रहेका छन् ।

Atrya hospital

यस्तै डिलाशैनी गाउँपालिकामा २ जना, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीमा मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा तत्कालका लागि सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ । 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update