Sagun Khabar
डिलाशैनीमा कर्मचारीमाथि दुर्व्यवहार भएको कांग्रेसको भनाइ  

बैतडी –डिलाशैनी गाउँपालिकामा कार्यरत कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै नेपाली कांग्रेस डिलाशैनी गाउँ कार्यसमितिले आपत्ती जनाएको छ । 

यही असार २४ गते गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीबाट परिचालित व्यक्तिहरुले कर्मचारीहरुमाथि दुर्व्यवहार गरेको कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका समितिका सभापति जयानन्द जोशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा अध्यक्ष जोशीले नीति,नियम र आर्थिक अनुशासन विपरीत गैरकानुनी तरीकाबाट बील भुक्तानी गराउन खोजेको तर प्रमुख प्रशासकीय अधिकृत र लेखापालले अस्वीकार गरेपछि उनीहरुमाथि दुर्व्यवहार भएको उल्लेख गरिएको छ । 

Atrya hospital

प्रमुख प्रशासकीय अधिकृत गणेशसिंह बोहरा, लेखा प्रमुख नारदसिंह बिष्ट, सूचना प्रविधि अधिकृत नवीनबहादुर राना र योजना शाखा प्रमुख प्रदीपराज भट्टमाथि भएको दुर्व्यवहारको घटनाको कांग्रेसले भत्र्सना गरेको छ । 
जनप्रतिनिधिकै अगाडि कर्मचारीमाथि गालीगलौच र दुव्र्यवहारका घटना हुनु निकै निन्दनीय भएको भन्दै कांग्रेसले यसमा संलग्न व्यक्तिहरुलाई कारवाही माग समेत गरेको छ । 

यस्ता अराजक घटनाहरुलाई ढाकछोप गर्ने प्रयास गरेमा डिलाशैनीका जनताले प्रतिकार गर्ने र त्यसबाट उत्पन्न परिस्थितीको जिम्मेवारी गाउँपालिका अध्यक्षले लिनुपर्ने कांग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यो बिषयमा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले भने योजनाको काम सम्पन्न भइसकेकाहरुको भुक्तानी नहुँदा केही समस्या उत्पन्न भएको र यो बिषयमा छलफल गरी समाधान भइसकेको दाबी गरे । 

Nc-dilasaini-1720623516.jpg
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update