Sagun Khabar
दार्चुला आउँदै गरेको ट्रक डडेल्धुरामा दुर्घटना 
Atrya hospital

डडेल्धुरा – धनगढीबाट दार्चुला आउँदै गरेको ट्रक डडेल्धुरामा दुर्घटनामा परेको छ  सुप ००१ख ०६१४ नम्बरको ट्रक महाकाली राजमार्ग अन्तरगत अमरगढी नगरपालिका–६ भालुमारेमा दुर्घटनामा परेको हो ।

२ जना सवार उक्त ट्रक ग्यास र चामल बोकेर दार्चुलातर्फ आउँदै गरेको चालकले बताएका छन् । उक्त दुर्घटनामा कुनै मानविय क्षति नभएको उनले बताए ।

बैतडीबाट गईरहेका २ वटा जिपलाई साइड दिने क्रममा ट्रक भिरबाट खसेको उनले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update