Sagun Khabar
पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु
Atrya hospital

बैतडी–पहिरोका कारण अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । उक्त राजमार्ग अन्तर्गत खोड्पे–ढोल्यामोड खण्डमा पर्ने बिजयपुर नजिकै खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको खोडपे प्रहरी चौकीका इन्चार्ज धन बहादुर रोकायाले जानकारी दिए ।  

हिजो साँझ खसेको पहिरो पन्छ्याएपछि दिउँसो २ बजेदेखि राजमार्ग सुचारु भएको उनले बताए । सडक डिभिजन कार्यालय पाटन बैतडीको  लोडर सहितका मेसिनहरु प्रयोग गरी  पहिरो पन्छ्याइएको  प्रहरीले जनाएको छ । 

लगातारको बर्षाले जयपृथ्वी राजमार्ग अवरुद्ध हुन थालेपछि खोड्पेमा जेसीबी स्टेण्डबाइ राखिएको बताइएको छ । बर्षा नरोकिएकाले सडकमा अझै पहिरो खस्ने सम्भावना रहेको छ ।  

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update