Sagun Khabar
लगातारको बर्षाले बैतडीमा एक गोठ भत्कियो 
Atrya hospital

बैतडी–लगातारको बर्षाले बैतडीमा एक गोठ भत्केको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ बबेतका धनबहादुर ओडको बाख्रा बाँधेको गोठ भत्किएको हो । 

गोठमाथिबाट खसेको पहिरोका कारण गोठ भत्किएको र एक बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

आइतबार साँझ साढे ६ बजेतिर गोठमाथिबाट खसेको पहिरोले गोठमा क्षति पुर्याएको हो । गोठमा बाँधेका अरु बाख्रालाई भने सुरक्षित स्थानमा सारिएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update