Sagun Khabar
जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध, खुलाउने प्रयास जारी 
फाइल फोटो

बैतडी–लगातारको बर्षाका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको छ । उक्त राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका ८ साँडीघाटीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

आइतबार राति सडकमाथिबाट ढुंगासहित खसेको पहिरोले सडक अवरुद्ध भएको र सवारी साधन बीचबाटोमै रोकिएका प्रहरीले जनाएको छ । 

Atrya hospital

सडक खुलाउने प्रयास जारी रहेको भएपनि लगातारको बर्षाका कारण समस्या भइरहेको छ । यसअघि आइतबार दिउँसो बैतडीको झौलेकमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । झौलेकको पहिरो साँझ ५ बजे पन्छ्याएपछि केहीबेर सडक सुचारु भएपनि फेरि अवरुद्ध बनेको छ । 

बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । सडक खुलाउने प्रयास जारी रहेको भएपनि बर्षाका कारण समस्या भएको उनले बताए । 

सडक सुचारु गर्नका लागि सडक डिभिजन कार्यालय पाटन बैतडीले खोड्पेमा जेसीबी स्टेण्डबाइ राखेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update