Sagun Khabar
हावाहुरीसहितको बर्षाले मकैबालीमा क्षति 

बैतडी –हावाहुरीसहितको बर्षाले बैतडीका विभिन्न ठाउँमा मकैबालीमा क्षति पुर्याएको छ । घोगा लाग्नै लागेको मकैबाली बर्षा र हावाहुरीले ढलेर सखाप भएको किसानहरुले बताएका छन् । 

शुक्रबारदेखि लगातार बर्षा भइरहेको र आइतबार दिउँसो हावाहुरी समेत चलेपछि बारीमा लगाएको सबै मकैबाली ढलेर नष्ट भएको दशरथचन्द नगरपालिका १ जरकट्टेका किसान बीरबहादुर टेरले बताए । 

Atrya hospital

यस्तै जिल्लाको सुर्नया गाउँपालिका ८ सेलामा पनि हावाहुरीसहितको बर्षाले मकैबालीमा क्षति पुर्याएको छ । करीब २० परिवारले लगाएको मकैबालीमा हावाहुरी र बर्षाले क्षति पुर्याएको स्थानीय रामबहादुर साउँदले बताए । उनले भने ‘आज दिउँसो आएको हावाहुरीसहितको बर्षाले मकैबालीमा क्षति पुर्याएको छ  । मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा क्षति पुगेपछि हामी समस्यामा परेका छौं ।’

बैतडीसहित मध्यपहाडी क्षेत्रमा मकैबालीलाई मुख्य बर्षे खाद्यबालीको रुपमा लिने गरिएको छ । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएकै ठाउँमा विभिन्न कारणले मकैमा क्षति हुन थालेपछि किसानहरु चिन्तित बनेका छन् । 

प्राकृतिक प्रकोपका साथै जंगली जनावरबाट मकैबाली जोगाउनै मुस्किल भएको किसानहरुले बताएका छन् । लगातार मकैबालीमा क्षति पुग्न थालेपछि तराईबाट खाद्यान्न आयात बढी हुने गरेको किसान टेरले बताए । 

बैतडीमा १० हजार ५ सय ६० हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ । पहिला १२ हजार २ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएकोमा पछिल्लो बर्षहरुमा मकै खेती गर्ने किसानहरुको संख्या घट्दै गएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update