Sagun Khabar
बैतडीमा पहिरोले अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु 
Atrya hospital

बैतडी–पहिरो कारण अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग सुचारु भएको छ । उक्त राजमार्ग अन्तर्गत खोड्पे–ढोल्यामोड खण्डमा पर्ने झौलेकमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

दिउँसो १ बजेतिर खसेको पहिरो पन्छ्याएपछि साँझ ५ बजेदेखि राजमार्ग सुचारु भएको उनले बताए । सडक डिभिजन कार्यालय पाटन बैतडीको जेसीबी लगाएर पहिरो पन्छ्याइएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

लगातारको बर्षाले जयपृथ्वी राजमार्ग अवरुद्ध हुन थालेपछि खोड्पेमा जेसीबी स्टेण्डबाइ राखिएको बताइएको छ । बर्षा नरोकिएकाले सडकमा अझै पहिरो खस्ने सम्भावना रहेको बताइएको छ ।  
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update