Sagun Khabar
लगातारको बर्षाले बैतडीमा एक घर भत्कियो 
Atrya hospital

बैतडी–लगातारको बर्षाका कारण बैतडीमा एक घर भत्किएको छ । जिल्लाको पाटन नगरपालिका १० डुब्केका प्रेमसिंह कुँवर घर भत्केको पाटन नगरपालिका वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवरले बताए । 
आइतबार बिहान ९ बजेको समयमा कुँवरको घरको भित्ता भत्किएर बस्न नमिल्ने भएको छ । 

घरको भित्तामा क्षति पुगेपछि अहिले कुँवरको ६ जनाको परिवार आफन्तको घरमा बसीरहेका छन् । घरभित्र रहेका सबै सरसामग्री स्थानीयको सहयोमा आफन्तकै घरमा सारिएको छ । उक्त घर अहिले खाली गरिएको वडा अध्यक्ष कुँवरले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update