Sagun Khabar
लगातारको बर्षाले जनजीवन प्रभावित, सतर्कता अपनाउन बैतडी प्रशासनको आग्रह 

बैतडी–लगातारको बर्षाले बैतडीसहित सुदूरपश्चिमका जिल्लाहरुमा जनजीवन प्रभावित भएको छ । तीनदेखि भइरहेको बर्षाका कारण ठाउँठाउँमा ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । सडकहरुमा पहिरो खसेपछि अवरुद्ध बनेका हुन् । 

लगातारको बर्षापछि सेती नदीमा पानीको बहाव बढेकाले सिगास गाउँपालिका वडा नं ५ ढुंगाडका करीब ६० घरपरिवार नजिकैको शारदा माविमा आश्रय लिएर बसीरहेका छन् । उनीहरुको अस्थायी बसोबासको व्यवस्थापन गर्नका लागि आवश्यक सामग्री पठाउन सिगास गाउँपालिकालाई आग्रह गरिसकेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

Atrya hospital

यस्तै लगातार बर्षा भइरहेकाले साना तथा ठूला नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

विपद्का घटना हुन सक्ने भएकाले जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई तयारी अवस्थामा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

पहिरोका कारण जयपृथ्वी राजमार्ग बेलाबेलामा अवरुद्ध भइरहेकाले सडक डिभिजन कार्यालयको जेसीबी खोड्पे क्षेत्रमा स्टेण्डबाइ राखिएको उनले बताए । 

dao-1720345211.jpg
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update