Sagun Khabar
बैतडीको झौलेकमा पहिरो खस्यो, जयपृथ्वी राजमार्ग अवरुद्ध 

बैतडी–बैतडीको झौलेकमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका ८ झौलेकमा आइतबार दिउँसो १ बजेतिर सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

पहिरो पन्छ्याएर सडक सुचारु गर्ने प्रयास भइरहेको भएपनि बर्षातका कारण पहिरो पन्छ्याउन समस्या भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 

Atrya hospital

झौलेकमा सडक अवरुद्ध भएपछि बैतडीको सुर्नया, सिगास, पुर्चौंडी र बझाङका लागि छुटेका र ती क्षेत्रहरुबाट छुटेका सवारी साधनहरु बीचबाटोमै रोकिएका छन् । 

जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पेदेखि श्रीभावरसम्म विभिन्न ठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ । यद्यपि पहिरो पन्छ्याएर सडक सुचारु गर्ने प्रयास भइरहेको भएपनि लगातारको बर्षाले समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update