Sagun Khabar
डडेल्धुरामा पहिरोमा परेर एकजनाको मृत्यु 
Atrya hospital

डडेल्धुरा –डडेल्धुरामा पहिरो परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो । 

शनिबार दिउँसो ४ बजेतिर खानेपानीको मूहान सफा गर्न भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरु माथिबाट आएको पहिरोमा परेका थिए । उनको घटनास्थलमा नै मृत्यु प्रहरीले जनाएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update