Sagun Khabar
पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध 
Atrya hospital

बैतडी–लगातारको बर्षाले सडकमाथिबाट पहिरो खसेपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बैतडी–बझाङ जोड्ने उक्त सडक अन्तर्गत सिगास गाउँपालिका ९ आलुगैरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

शनिबार साँझ सात बजेतिर सडकमाथिबाट रुखसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि तराईबाट बझाङका लागि छुटेका सवारी साधन र बझाङबाट तराईका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन् । 

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको तर लगातारको बर्षाले समस्या भएको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  २०:०९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update