Sagun Khabar
बैतडीमा १७६ जना क्षयरोगका बिरामी उपचारमा 

बैतडी–बैतडीमा १७६ जना क्षयरोगका बिरामी उपचारमा रहेका छन् । क्षयरोगको निशुल्क उपचार हुने भएपनि अझै पनि समुदायमा रहेका सबै बिरामीहरु उपचारको दायरमा आउन नसकेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए । 

स्वास्थ्य कार्यालयले शुक्रबार आयोजना गरेको समीक्षा कार्यक्रममा जिल्लामा अझै पनि सबै बिरामीहरु उपचारमा आउन नसकेका जानकारी दिइएको छ । क्षयरोगका बिरामीहरुलाई उपचारको पहुँचमा ल्याउनका लागि विभिन्न कार्यक्रम सञ्चालनमा रहेका भएपनि सबैलाई उपचारको दायरामा ल्याउन नसकिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए । 

Atrya hospital

चालु आर्थिक बर्षमा ५ सय ६१ जना क्षयरोगका बिरामी पत्ता लगाउने लक्ष्य रहेको भएपनि १७६ जनामात्रै उपचारको दायरामा आएका स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले जानकारी दिए । 

जिल्लाको दशरथचन्द नगरपालिकामा २९ जना, पाटन नगरपालिकामा १६ जना, पुर्चौंडी नगरपालिकामा २७ जना र मेलौली नगरपालिकामा १४ जना क्षयरोगका बिरामीहरु उपचारमा रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिकामा २६ जना, शिवनाथ गाउँपालिकामा १८ जना, सुर्नया गाउँपालिकामा ११, दोगडाकेदारमा १५, डिलाशैनीमा ९ र सिगास गाउँपालिकामा ११ जना बिरामी उपचारमा रहेका छन् । 

जिल्लाका दुईओटा स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालनमा रहेको छ । पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त अभियान सञ्चालनमा रहेको बडालले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update