Sagun Khabar
बैतडीको दोगडाकेदार आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित भएको पालिका घोषणा 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका आधारभूत शिक्षामा सबैको पहुँच सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । 

गाउँपालिकामा बिहीबार एक कार्यक्रमको आयोजना गरेर पालिकालाई आधारभूत शिक्षामा सबैको पहुँच भएको पालिका घोषणा गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । 

Atrya hospital

विद्यार्थी भर्ना अभियानका बेला विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरुको खोजी गरी उनीहरुलाई विद्यालयमा भर्ना गरेपछि पालिकालाई आधारभूत शिक्षामा सबैको पहुँच भएको पालिकाको घोषणा गरिएको हो । 

विभिन्न कारणले विद्यालय बाहिर रहेका सात जना बालबालिकाहरुलाई विद्यालयमा भर्ना गरिएको दोगडाकेदार गाउँपालिकाले जनाएको छ । उनीहरुलाई विद्यालय खर्चका लागि पालिकाले बार्षिक १६ हजार सहयोग गर्ने भएको छ । 
अन्य पालिकाहरुले समेत यो कार्यक्रमको सिको गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । शिक्षा पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार भएकाले उनीहरुलाई शिक्षाको पहुँच पुर्याउनेतर्फ स्थानीय सरकारहरुले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

कुनै पनि बालबालिकाहरु आधारभूत शिक्षाबाट वञ्चित नहोउन भनेर आफूहरुले अभियान नै सञ्चालन गरेको अध्यक्ष कार्कीले बताए । 

बालबालिकाहरुलाई आधारभूत शिक्षाको दायरमा ल्याउनका लागि विगतदेखि नै कार्यक्रम सञ्चालन गरिरहेका र अहिले आधारभूत शिक्षामा पहुँच सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update