Sagun Khabar
पहिरोका कारण अवरुद्ध महाकाली लोकमार्ग खुल्यो 
Atrya hospital

बैतडी –पहिरो कारण अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भएको छ । लोकमार्ग खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

अघि साँझ सातबजेबाट लोकमार्ग सुचारु भएको उनले बताए । सो लोकमार्गको सतबाँझ –गोकुलेश्वर सडक खण्ड अन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघरमा पहिरो खसेपछि शुक्रबार बिहानैदेखि लोकमार्ग अवरुद्ध भएको थियो । 

लोकमार्ग सुचारु भएसंगै दार्चुला जाने र दार्चुलाबाट छुटेका गाडीहरु गाडीहरु गन्तव्य तर्फ लागेका छन् । महाकाली लोकमार्गको धरमघरमा बेलाबेलामा पहिरो खस्दा सवारी साधन सञ्चालनमा समस्या हुने गरेको छ । मोड सुधार कार्यक्रम अन्तर्गत सडक काटिएपछि सो ठाउँमा पहिरो खस्न थालेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update