Sagun Khabar
बैतडीका एक युवक काठमाण्डौंमा मृत फेला, हत्या भएको हुन सक्ने परिवारको आशंका 

बैतडी–बैतडी घर भएका एक युवक काठमाण्डौंमा मृत फेला परेका छन् । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं–८ मल्लादेही घर भएका २२ बर्षीय गोविन्द बोहरा मृत फेला परेका हुन् । 

यही असार १५ गते साथीसंग पशुपति क्षेत्रमा घुम्न गएका बोहरा मृत फेला परेका हुन् । साथीसंग घुम्न गएका बोहरा साँझसम्म पनि कोठामा नआएपछि उनका आफन्तले खोजी गरेका थिए । 

Atrya hospital

प्रहरीले नदीमा शव फेला पारी अस्पतालमा राखेको र शव हेर्दा बोहराको भएको बुझिएको स्थानीय निराजन बोहराले बताए । शव चिन्न सक्ने अवस्थामा नरहेको भएपनि गोविन्दले लगाएका लुगा र जुत्ताको आधारमा शवको पहिचान भएको उनले बताए । 

साथीसंग घुम्न गएका बोहरा मृत फेला परेपछि उनको हत्या भएको हुन सक्ने परिवारजनले आशंका गरेका छन् । काठमाण्डौं प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

बोहरा पछिल्लो ७ महिनायता काठमाण्डौंमा बसेर कोरियन भाषा सिक्दै आएका थिए । गोविन्दको काठमाण्डौंमै मृत्यु भएपछि उनको गाउँ मल्लादेही शोकमा डुबेको छ । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update