Sagun Khabar
बैतडीका मडै एनआरएनए जापानको केन्द्रिय सदस्य पदमा निर्वाचित 
Atrya hospital

बैतडी – बैतडीको सुर्नया गाउँपालिका ५ स्थायी घर भएका मोहन मडै गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रिय सदस्य पदमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा मडै अत्यधिक मतका साथ केन्द्रिय सदस्य पदमा विजयी भएका हुन् । 

यसअघि मडै एनआरएनए जापानको क्युसु क्षेत्रको सदस्य र उपाध्यक्ष भएर पदीय दायित्व निर्वाह गरिसकेका छन् । गैर आवासीय नेपालीहरुको हकहितका लागि आफूले काम गर्ने मडैले जितेका छन् । 

एनआरएनए जापानको केन्द्रिय सदस्यमा सुदूरपश्चिमबाट यो निर्वाचनमा मडै मात्रै विजयी भएका उनका भाई रिजन मडैले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update