बझाङको जालेबगरमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध 
                        
                        
                                                
                                            
                                                बझाङ –बझाङको जालेबगरमा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
वर्षाका कारण छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि चैनपुरबाट तराईका लागि छुटेका र तराईबाट बझाङका लागि छुटेका सवारी साधनहरु जालेबगरमै रोकिएका छन् । 
 
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:३१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
