Sagun Khabar
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेबीच छलफल 

कञ्चनपुर –नेपाली कांग्रेस र नेकपा एमालेले केन्द्रमा नयाँ सत्ता समीकरण गरेसंगै सुदूरपश्चिममा पनि नयाँ सरकार गठनको कसरत शुरु भएको छ । 

नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच  मंगलबार महेन्द्रनगरमा नयाँ सरकार गठनका बिषयमा प्रारम्भिक चरणको छलफल भएको हो । 

Atrya hospital

छलफलमा सुदूरपश्चिम सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने र नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्ने विषयमा नेकपा एमालेका संसदीय दलका नेता रावलसँग छलफल भएको नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले बताए ।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरण अनुसार सुदूरपश्चिममा पनि कांग्रेस र एमालेको सरकार गठन गर्ने बिषयमा छलफल भएको प्रदेशसभा सदस्य देउवाले बताए । 

सुदूरश्चिम प्रदेशमा हाल नेकपा एमालेको समर्थनमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ । केन्द्रमा दुई दलबीच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । 
 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update