Sagun Khabar
रजनीको सम्झनामा अक्षयकोष स्थापना 

बैतडी –बैतडीको शिवनाथमा रजनी चाडको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । शिवनाथ गाउँपालिका १ स्वालका शेरसिंह चाड र वसन्ती चाडले स्वर्गीय छोरी रजनी चाडको सम्झनामा एक लाख बराबरको अक्षयकोष स्थापना गरेका हुन् । 

असार ८ गते शनिबारका दिन महाकाली नदीमा डुबेर ज्यान गुमाएकी रजनीको सम्झनामा अक्षयकोष स्थापना गरिएको आफन्त दशरथ चाडले बताए । 

Atrya hospital

रजनीले अध्ययन गरेको शिवनाथ गाउँपालिका २ बस्कोटीस्थित स्थित युवा बर्ष माविमा एक लाखको अक्षयकोष स्थापना गरिएको उनले बताए।

यसैगरी मृतक रजनीका मावली हजुरबुवा मोहनसिह साँउदले पनि सोही बिद्यालयमा २५ हजारको अक्षयकोष स्थापना गरेका छन् । रजनीको सम्झनामा बिद्यालयलका प्रधानाध्यापक रुपसिह चौक्यालले ५ हजार, सहायक शिक्षक लालसिह चौक्यालले ५ हजार र अन्य शिक्षक स्टापहरुले ३ हजार पाच सय रुपैया अक्षयकोषमा सहयोग गरेका छन् । 

रजनीको सम्झनामा परिवार र अन्य गरेर १ लाख ३८ हजार ५ सय रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गरिएको छ । अक्षयकोषको व्याजले विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई बार्षिक रुपमा पुरस्कार÷सम्मान प्रदान गरिने विद्यालयले जनाएको छ ।

शिवनाथ गाउँपालिका १ कुस्मौदघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा डुबेर रजनीको मृत्यु भएको थियो । 

रजनीसंगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाड भने बेपता रहेकी छन् । उनको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update