Sagun Khabar
बैतडीको डिलाशैनीका एक पुरुष ७ दिनदेखि बेपत्ता 
Atrya hospital

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिका घर भएका एक पुरुष बेपत्ता भएका छन् । डिलाशैनी गाउँपालिका ७ खेतागाउँ घर भएका ४४ बर्षीय नवराज भट्ट यही असार १२ देखि बेपत्ता रहेका स्थानीय प्रदीपकुमार जोशीले बताए । 

खेतागाउँबाट लौडेला भन्ने ठाउँमा जान्छु भनि भएका भट्ट अझै घर नफर्केका उनका भाइ पदम भट्टले बताए । ७ बर्षदेखि बेपत्ता रहेका भट्ट गएको बर्षमात्रै घर फर्केका थिए । घर फर्केको बर्षदिनमा फेरि भट्ट बेपत्ता भएका पारिवारिक श्रोतले जनाएको छ । 

मानसिक समस्या भएका नवराज घर नफर्केपछि परिवार चिन्तामा परेको उनका भाइ पदम भट्टले बताए । नवराजलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा वा ९८४२८९७००८ मा सम्पर्क गरिदिन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update