Sagun Khabar
बैतडीमा नाबालिकामाथि करणी, बाजेलाई १५ लाखको चेक दिएर शिक्षक फरार

बैतडी –बैतडीमा १३ वर्षीया नाबालिकामाथि करणी भएको छ । बैतडीमा शिक्षकले नाबालिकामाथि जबरजस्तीकरणी गरेको घटनामा पीडितका परिवारले १५ लाखमा मिलापत्र गराएको तर पैँसा नपाएपछि प्रहरीमा किटानी जाहेरी दिएको घटना सार्वजनिक भएको हो । 

पाटन नगरपालिकाको एक विद्यालयकी १३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका २८ वर्षीय शिक्षक लक्ष्मीकान्त पनेरुले गत चैतको १२ गते राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए । त्यसपछि शिक्षक नाबालिकाका परिवारलाई १५ लाख दिन तयार भएपछि कहीकतै उजुरी नगर्ने सहमती भएको खुलेको छ ।

Atrya hospital

शिक्षक र नाबालिकाका परिवारबीच उमेर २० वर्ष पुगेपछि विवाह गर्ने, त्यो बेलासम्म पालन पोषण गर्ने र तत्काल घरपरिवारलाई १५ लाख रुपैयाँ दिने सहमती भएको थियो । उक्त रकमकालाई सुरक्षित आवास गृह पाटनमा लगिएको थियो । त्यसपछि शिक्षकविरुद्ध जबरजस्तीकरणी मुद्धा दर्ता भएपछि उनी फरार भएको प्रहरीले जनाएको छ ।

शिक्षक पनेरुविरुद्ध किटानी जाहेरी दर्ता भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । 

घटना भएको ढिलोगरि उजुरी आएका कारण केही समस्या भएपनि पिडकलाई कानुनी कारवाहीको दायरामा ल्याइने उनले बताए । 

शिक्षक पनेरु तीन महिनादेखि बैतडी प्रहरीको फरार सूचीमा रहेका छन् । 

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update