Sagun Khabar
लैंगिक समानताका लागि सम्वाद 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले लैंगिक समानताका लागि सम्वाद कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विभिन्न खालका कुप्रथा र परम्पराका कारण लैंगिक हिंसा हुने गरेकाले त्यस्ता हिंसा न्यूनीकरणका लागि सम्वाद कार्यक्रम सञ्चालन गरेको दशरथचन्द नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन् । 

नगरपालिकाका दुई ठाउँमा सम्वाद कार्यक्रम सञ्चालन गर्ने योजना अनुसार आइतबार देहीमाण्डौंमा कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका शाखा प्रमुख कुँवरले बताइन् । उक्त कार्यक्रममा दशरथचन्द नगरपालिकाका विभिन्न वडाका धार्मिक अगुवा, महिला, बुद्धिजीवि लगायतका सरोकारवालाहरुको सहभागिता थियो । 

Atrya hospital

सम्वाद कार्यक्रममार्फत लैंगिक समानता कायम गर्ने उद्देश्यले समाजका विभिन्न व्यक्तिहरुसंग छलफल गर्ने गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन् ‘समाज परिवर्तनका लागि हामीले सम्वाद कार्यक्रम सञ्चालन गरिरहेका छौं । नगर क्षेत्रभित्र लैंगिक हिंसा रोकथामका लागि यस्ता कार्यक्रमहरुले सहयोग मिल्ने हाम्रो विश्वास छ ।’

समुदायमा रहेका विभिन्न सामाजिक कुप्रथा र अन्धविश्वासका कारण हिंसाका घटनाहरु हुने भएकाले यस्ता कार्यक्रमहरुले हिंसा न्यूनीकरणमा सहयोग पुग्ने दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update