Sagun Khabar
बैतडीमा ट्याक्टर दुर्घटना, दुई बालिका घाइते 

बैतडी–बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई बालिका घाइते भएकी छन् । आइतबार बिहान करिब साढे १० बजेको समयमा वडा नं ३ स्थित कुजागाड सडकखण्डको तल्खेत भन्ने स्थानमा सु प प्र ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर  दुर्घटनामा परेको हो । 

सडकबाट ट्याक्टर खसेर घरको छतमा पर्दा मेलौली नगरपालिका ३ का कुजागाडका करन चन्दकी ७ बर्षीया छोरी निकिता चन्द र बिरबहादुर चन्दकी सात बर्षीया छोरी पूर्णिमा चन्द घाइते भएका छन् । 

Atrya hospital

उनीहरु दुवैजनालाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।  
कुजागाड सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा एक्कासी ट्याक्टर अगाडी बढेर दुर्घटनामा परेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

कैलाली घर भएका चालक धनीराम डगौरालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update